Sajhamanch Archive

प्रदेश १ मा थपिए ५६ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा सोमबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ६ महिला, १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्‍ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला, ६ पुरुष, लेटाङमा १ महिला, ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला, ८ पुरुष, झापाको कमल गाउँपालिकामा २ महिला, २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।

प्रदेश १ बाट सोमबार ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आइसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल सम्म १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *