Sajhamanch Archive

राष्ट्रियसभा सदस्य बन्न वामदेव तयार

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सत्तारुढ नेपाल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा जान आफू तयार रहेको बताएका छन्। सचिवालयको निर्णय अनुसार उपाध्यक्ष गौतम राष्टियसभामा जान तयार रहेको बताएका हुन्।

नेकपाको गत फागुन १४ गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय अस्विकार गरेपछि त्यो निर्णय अझै कार्यान्वयन हुन सकेको छैन।

‘उहाँ पार्टी सचिवालयको निर्णयअनुसार राष्ट्रिय सभामा जान तयार हुनुहुन्छ’ उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले भने, ‘पार्टीको निर्णय कार्यान्वयन गराउनका लागि उहाँले राष्टिय सभामा जाने पक्षमा रहेको बताउनुभएको छ।’

तर, प्रधानमन्त्री ओली सचिवालयको निर्णयलाई नमानेर खतिवडालाई पुनः ल्याउने पक्षमा छन्। खतिवडाको कार्यकाल यही २० गते सकिन लागेको छ। राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो। तर, संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति थप ६ महिना मन्त्री बन्न पाउने अवसरलाई खतिवडाले उपयोग गरेका हुन्।

ओलीले सचिवालयको निर्णयलाई अस्विकार गरेपछि राष्टिय सभाको मनोनित सदस्य अझै खाली नै छ। सोही कोटामा सचिवालयको निर्णयलाई अस्वीकार गरेर खतिवडालाई नै लैजाने तयारी ओली रहेका छन्। अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत बहुमतको सदस्य सचिवालयको निर्णय कार्यान्वयन गर्नैपर्ने पक्षमा छन्। वैशाख २० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभा सदस्यको उमेदवार बनाउने निर्णयसमेत गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *