प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार देखि लगातार पखाला लागेको र सोमबार ज्वरोसमेत आएपछि मन्त्री घिमिरेको सोमबार स्वाब संकलन गरिएको थियो।
मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनको सचिवालयले जनाएको छ । उनी होम आइसोलेसनमा बसेका छन् ।
Comments