Sajhamanch Archive

इटाभट्टामा सञ्चालनमा आयो साई सुमिरन मेडिकल हल

Published: (Updated: ) in लोकप्रिय, समाज, स्वास्थ्य by .

मेचीनगर । झापाको मेचीनगरको केन्द्रबिन्दु इटाभट्टामा साई सुमिरन मेडिकल हल एण्ड क्लिनिक सञ्चालनमा आएको छ ।

मेचीनगर नगरपालिका वडा नं.७ इटाभट्टास्थित गोकुल मार्गमा एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याबसहितको सुविधा सम्पन्न मेडिकल तथा स्वास्थ्य क्लिनिकले आफ्नो  सेवा सोमबारबाट सुरु गरेको हो ।

उक्त क्लिनिकका सञ्चालक टेकेन्द्रप्रसाद कोइरालाका अनुसार क्लिनिकबाट जटिल बाहेक आकस्मिक सबै रोगको उपचारका साथै नियमित रगत परिक्षण,थाइराइट,जण्डिस,टाइफाइड लगायतका बिरामीलाई लक्षित गरी ल्याब सेवा सुरु गरेका जानकारी दिए ।

मेचीनगरका अन्य हस्पिटल र क्लिनिकको तुलनामा न्यून शुल्कमा गुणस्तरीय सेवा दिने उद्धेश्यले क्लिनिक सञ्चालनमा ल्याएको कोइरालाले बताए ।

क्लिनिक सञ्चालनमा आएसँगै आकस्मिक उपचारका लागि टाढा जानु पर्ने बाध्यता हल भएको स्थानीय युवा अर्जुन गौतम बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *