Sajhamanch Archive

प्रदेश १ मा ८७ कोरोना संक्रमित थपिए,१४ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इनरुवामा ४ महिला र २२ पुरुष, इटहरीमा ३ महिला र १८ पुरुष, दुहवीमा ३ महिला र ४ पुरुष, धरानमा १ महिला र १ पुरुष, विराटनगरमा ३ महिला र ७ पुरुष, बेलबारीमा २ महिला र १  पुरुष  र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला र ५ पुरुष, बार्‍हदशीमा १ महिला र ३ पुरुष, गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनकुटा नगरपालिकामा १ महिलामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीन हजार ४ सय ५४ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १४ जना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२, कोभिड १९ आइसोलेसन केन्द्र, रंगेलीबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ६०३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *