Sajhamanch Archive

बाटो निर्माण ठप्प, जनप्रतिनिधिले गरे बेवास्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काँकरभिट्टा । मेचीनगरको काँकरभिट्टा जिरोमाइलदेखि बाहुनडाँगी रोडको भट्टराई चौकसम्मको बाटो निर्माण कार्य ठप्प भएको छ ।

एक महिना अघि गत असार महिनाको दोस्रो साताबाट निर्माण कार्य सुरु गरिएकोमा केही काम गरेर यतिबेला निर्माण कार्य ठप्पप्रायः छ ।

कामले निरन्तरता नपाउँदा बजेट सक्ने हतारोले मात्र असारमा काम सुरु गरिएको स्थानीयको बुझाई छ ।

उनीहरु भन्छन्, बाटो पुनः निर्माण भइनसक्दा सर्वसाधारणसहित सवारी चालक लगायतलाई असुविधा भएकोे छ ।

जननिर्वाचित प्रतिनिधिहरुले सो बाटो निर्माणमा त्यति चासो नदेखाएकाले पनि निर्माणमा ढिलाई भएको स्थानीयको आरोप छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *