Sajhamanch Archive

तेस्रो टी-२० मा इङ्ल्यान्डविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । इङ्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको छ । मंगलबार राति भएको अन्तिम खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई ५ रनले पराजित गर्दै सिरिज १-१ को बराबरीमा सकिएको हो ।

पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १८५ रन बनाउन सक्यो । इङ्ल्यान्डका लागि अलराउन्डर मोइन अलिले अर्धशतकिय पारी खेले पनि टोली हार टार्न सकेनन् । उनले ६१ रनको योगदान दिए पनि टोलीको हार टरेन ।

त्यस्तै, टम ब्यान्टनले ४६ रन जोडे । साम बिलिंग्सले २६ रन र लेविस ग्रेगोरीले १२ र कप्तान इओन मोर्गनले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । पाकिस्तानका लागि शाहिन अफ्रिदि र वाहब रियाजले समान दुई -दुई विकेट लिए भने इमाद वासिम र हरिस रउफले एक एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले ८६ रनमा अविजित रहे । त्यस्तै हैदर अलिले ५४ रन जोडे । कप्तान बाबर आजमले २१, शादब खानले १५ रन जोड्दा इमाद वासिम ६ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ इङ्ल्यान्डका क्रिस जोर्डनले दुई विकेट लिए भने मोइन अलि र टम कुरानले पनि समान एक एक विकेट लिएका थिए । यसअघि सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण नतिजा विहिन हुनु पुग्दा दोस्रो खेलमा भने इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *