Sajhamanch Archive

दुई वर्षकी समाइराको अभिनय देखेर सारा विश्व चकित

Published: in गीत/संगीत/मनोरञ्जन, विविधा by .

विराटनगर । चिनियाँ एप टिकटक अहिले विश्वभर लोकप्रिय बनेको छ । टिकटकमा कसैको आवाज, गीत तथा डाइलगमा आफूलाई मनपर्ने अभिनय गर्न मिल्छ ।

लकडाउनको समयमा ससाना बच्चादेखि लिएर बुढो उमेरका मानिसहरूले समेत टिकटकमा आफ्नो प्रतिभा देखाइरहेका छन् । सारा विश्वका मानिसलाई एकसाथ जोड्नका साथै एकअर्काको खुबी उजागर गर्नमा टिकटकले धेरे सहयोग पु¥याएको छ ।

यसै एपमार्फत् नेपालकी दुई वर्षकी सानी समाइरा थापाले समेत सबैको मन जित्न सफल भएकी छन् । धेरैजसो क्लिपहरूमा समइराले नेपाली गीतहरूमा गाउँदै र नाचिरहेको बेला दिएको अभिव्यक्तिले सबैको मन जितेको देख्न सकिन्छ । समाइराको अभिनय देखेर नेपालीहरू मात्र नभई सारा विश्व नै आश्चर्यचकित परेका छन् ।

समाइराको अभिनय र हाउभाउको तारिफ गर्दै भारतीय सञ्चारमाध्यम ‘द इण्डिएन एक्सप्रेस’ ले समेत आर्टिकल लेखेको छ । समाइराले जुुनसुकै गीतलाई कण्ठ पारी राम्रो अभिनय गरेकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *