Sajhamanch Archive

थप एक हजार १२० जनामा कोरोना, एक हजार ११२ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप  एक हजार १२०  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा  एक हजार १२० संक्रमित थपिएको जानकारी दिए ।  जसमा ३२० महिला र ८०० पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८  रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ११२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २३ हजार २९० जना पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *