Sajhamanch Archive

मेचीनगरको होटल क्वारेन्टिनमा बसेका तीनजना पुरुषमा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगरमा आज तीनजना कोरोना संक्रमित थपिएका छन् ।

मेचीनगर नगरपालिका वडा नं.६ को होटल क्वारेन्टिनमा बसेका तीनजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएका उनीहरुमध्ये दुईजना मेचीनगर नगरपालिका वडा नं.६ का हुन् भने एकजना लहान जिल्लाको रहेको बुझिएको छ ।

तीनै जनालाई धाइजनको आइसोलेसन वार्डमा पठाइएको छ ।उनीहरुको भदौ १४ गते स्वाबको नमुना संकलन गरेर धरानको कोभिड अस्पतालको प्रयोगशाला पठाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *