Sajhamanch Archive

ट्रयाकर डग ‘लैला’ को मद्दतबाट हत्यारा खोज्दै प्रहरी

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

शिवसताक्षी । शिवसताक्षीको रतुवामाई बन क्षेत्र भित्र गरिएको हत्याको प्रहरीले अनुसन्धान सुरु गरेको छ। बुधबार विहान रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रमा भेटिएको सव शिवसताक्षी नपा ११ का गोविनको रहेको खुलेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा नेतृत्वको टोली पुगी अनुसन्धानमा जुटेको हो ।

धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को मद्दतबाट अनुसन्धान गरिएको हो । कुकुर शाखाका सई दयानन्द श्रेष्ठको कमान्डमा घटनास्थल पुगेको लैलाले प्रहरी अनुसन्धानलाई सघाएको छ ।

मृतक गोविनले चलाएको मोटरसाइकल

गोविन मगरको शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनास्थलबाट करीब २ सय मीटरमाथि मगरले प्रयोग गर्दै आएको प्रदेश ०१–०१–०१२ प ५२२५ को २०० सिसीको एनएस पल्सर बाइक लडाइएको अवस्थामा जंगलमा भेटिएको छ । मृतकसँग रहेको पर्समा केही आवश्यक कागजात र केही नगद समेत फेला इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीका अनुसार मृतकको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटेको देखिन्छ ।

मृतकलाई घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले बताएको छ । घटनास्थलमा उनको साथमा बाइकको हेल्मेट रहेको थियो ।

मृतक मगरले चलाएको मोटरसाइलक घटना स्थलदेखि सय मिटर पर रहेको प्रहरीले जनाएको छ।

मगर ६ महिनाअघि मात्र वैदेशिक रोजगारका क्रममा बहराइनबाट आइ सोही बेला नै विवाह गरेको पारिवारिक स्रोतले जनाएको छ । मगर लकडाउनका कारण घरमै रहेका थिए ।

गोविन मंगलबार बेलुकीदेखि बेपत्ता थिए । परिवारले झिलझिले प्रहरीमा मगरको खोजी गरिदिन जानकारी गराएका थिए।

बधबाुर धारिलो हतियार प्रहार गरेको अवस्थामा बुधबार बिहान १० बजे सब भेटिएको हो। सतासीधामको रतुवामाई वृक्षारोपणका बन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *