सक्रिय संक्रमित २०० नाघे बन्दाबन्दी, ५०० नाघे निषेधाज्ञा
Published:
by .काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५००भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, ललितपुरसहित १२ जिल्लामा संक्रिय संक्रमित छन् । मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, चितवन र रुपन्देहीमा पनि सक्रिय संक्रमितको संख्या ५०० बढी छ ।
यस्तै २०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा बन्दाबन्दी गर्न अनुरोध गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
Comments