Sajhamanch Archive

भद्रपुरमा रक्तदान, ५२ प्रिन्ट रगत संकलन

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by .

भद्रपुर । कोरोना भाइरस सङ्क्रमणका कारण झापामा रगतको अभाव देखिएपछि भद्रपुरमा गरेको रक्तदानमा ५ महिलासहित १ सय ५२ जनाले रक्तदान गरेका छन् ।

रोटरी क्लब अफ भद्रपुर,रोट्रयाक क्लब, इन्टरयाक्ट क्लब प्रज्ञा एकाडेमीको आयोजा र रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सह–आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष आदित्य पराजुलीको सभापतित्व एवम भद्रपुर वडा नम्बर ८ का अध्यक्ष गौरब(मनोज) सुब्बाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । रोट्रयाक्ट क्लब भद्रपुरका अध्यक्ष गिरीश शाक्यले स्वागत गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष टीकाराज ढकाल,जिल्ला प्रहरीका एसपी कृष्ण प्रसाद कोइरालाले मन्तव्य राखेका थिए भने रोटरियन ईश्वर अधिकारीले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *