मेटामोर्फिक मेनिफेस्टोमा ‘तेश्रो लिङ्गी’ बने आयुष्मान
Published:
by .नायक आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिए । उनले, एक सिरिजका लागि आफ्नो गेटअप नै परिवर्तन गरेका छन् । तर, यो गेटअप अन्य चलचित्रमा परिवर्तन गरे जस्तो साधारण खालको भने छैन ।
आयुष्मानले सार्वजनिक गरेको तस्वीरमा उनी तेश्रो लिङ्गी बनेका छन् । उनले यो चलचित्रका लागि न्यूड दृश्य दिएका छन्, जसलाई उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।
आयुष्मान लेख्छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो । जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’
आयुष्मानले यो श्रृङ्खला आफ्ना लागि विशेष भएको पनि उल्लेख गरेका छन् । उनले यो श्रृङ्खलालाई आफूले कहिले पनि कामको रुपमा नलिएको पनि उल्लेख गरेका छन् । यो पुरुष वा महिलाको नभएर, एक मानिसको संघर्षको कथा भएको आयुष्मानले उल्लेख गरेका छन् ।
आयुष्मान लेख्छन्–‘यो एक मानिसले आफूमा आफूलाई खोज्ने प्रयासको कथा हो, जुन उसको अधिकार भित्र पर्दछ ।’ यो सिरिजमा नायक आशिरमान देशराज जोशीलाई पनि देख्न सकिन्छ ।
तस्वीर : आयुष्मानको इन्स्टाग्रामबाट
Comments