Sajhamanch Archive

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध

Published: in विश्व समाचार by .

एजेन्सी । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ ।

बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ( ‘ यो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरुको समेत हितको रक्षा गर्नेछ । यो निर्णयले भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने निश्चित छ ।’ विज्ञप्तिमा भारत सरकारले विभिन्न श्रोतहरुबाट यी एप्सको दुरुपयोगबारे गुनासाहरु प्राप्त भएको समेत जनाइएको छ ।

जसमा एन्ड्रोइड र आइओएसमा उपलव्ध केही मोबाइल एप्स प्रयोगकर्ताका डाटा अनौपचारिक रुपमा चोरी भएको र भारतबाहिर सर्भरमा पठाइएका रिपोर्टहरु समेत सरकारलाई प्राप्त भएको जनाइएको छ । यसअघि जून महिनामा पनि भारतले टिकटक सहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *