Sajhamanch Archive

बाढीले बगाउँदा पाँचजनाको मृत्यु, केही बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बागलुङमा बाढीले घरहरु बगाउँदा पाँचजनाको मृत्यु भएको छ । गएराति परेको वर्षाका कारण ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ हुँदै बग्‍ने भुजी खोलाले घरहरू बगाएको हो ।

हालसम्म एक महिला र चार पुरुषको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयकी एसएसपी किरण रानाले जानकारी दिइन् । उनका अनुसार अन्य विवरण आउन बाँकी छ । स्थानीयले अन्य केही बेपत्ता भएकोसमेत बताएका छन् । यसैबीच ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहीन भएका छन् ।

उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।

त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *