३ लाख रुपैयाँसहित एक दर्जन जुवाडे पक्राउ
Published:
by .विराटनगर । प्रहरीले पक्राउ गर्ने डरको कारण मोरङको कानेपोखरीको घना जंगलदेखि दक्षिणमा पुगेर जुवा खेल्न एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
३ लाख ५ हजार १ सय ३१ रुपैयाँसहित १२ जनालाई प्रहरीले बुधबार साझ पक्राउ गरेको हो ।
इलका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीको नेतृत्वमा गएको टोलीले जुवाडेलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का ३६ वर्षिय बिमल गुरुङ्ग, सोही ठाउँका ३७ वर्षिय कृष्ण लिम्बु, २८ वर्षिय श्याम लिम्बु, ५२ वर्षिय चन्द्र लिम्बु, लेटाङ्ग नगरपालिका ५ का ३१ वर्षिय समिर तमाङ्ग, झापा विर्तामोड नगरपालिका ३ का ३२ वर्षिय लक्ष्मी कुमार तामाङ्ग, सोही ठाउँका २७ वर्षिय सञ्जिव घतानी, झापा हल्दिवारी गाउँपालिका ५ का ३६ वर्षिय ताराकुमार जोगी, बुद्धशान्ति गाउँपालिका ४ का ३८ वर्षिय मनिष लिम्बु, धरान १६ का ३९ वर्षिय रुपजंग लिम्बु, सोही ठाउँका २९ वर्षिय किरण उदास र इटहरी उपमहानगरपालिका २० का २४ वर्षिय राजन पौडेललाई प्रहरीले पक्राउ गरेको छ । कानेपोखरी ७ स्थित चालिस बिगे भन्ने ठाउँमा किशोर लुईटलको घरमा तास खेली रहेको अवस्थमा प्रहरीले चार बुक तास पनि बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
पक्राउ पर्ने गृह व्यवसायीहरू रहेका छन् । ‘कानेपोखरीमा भेला भइ सवारी साधानहरू सोही ठाउँमा राखेर प्रहरीले थाहाँ नपाउने उद्देश्यले करिब साढे ३ किलोमिटर घना जंगलदेखि दक्षिणमा पुगेर तास खेलिरहेको प्रहरीलाई गोप्य सूचना आएको थियो,’ इप्रका पथरीका डिएसपी दिलिप गिरीले भने, ‘घटनास्थलबाट हामीले पैसाँ र तास खेल्नेलाई पक्राउ गर्न सफल भएका छौं ।’ पक्राउ परेका प्रतिवादीहरूलाई इप्रका पथरीमा ल्याएर राखिएको छ । पक्राउ परेका सबैलाई प्रहरीले जुवा ऐन अन्तर्गत म्याद थप गरिन अनुसन्धान सुरू गर्ने मोरङ प्रहरीले जनाएको छ ।
Comments