Sajhamanch Archive

शिवसताक्षीमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापा शिवसताक्षीमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी वडा नं. ६ निवासी २४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विर्तामोडका सुच चाँदी व्यवसायीमा कोराना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्र्सिङका क्रममा उक्त महिलामा कोरोना पुष्टि भएको शिवसताक्षी नगरपालिकाका सतासी प्राविको क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए । उनलाई विर्तामोड नगरपालिकाले पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेको थियो ।

संक्रमित महिला एनआइसी बैंक विर्तामोडका कार्यरत रहेको बताइएको छ ।

उनलाई विराटनगरको होटल आइसोलेशनमा पठाइएको स्वास्थ्य संयोजक अधिकारीले जानकारी बताए ।

शिवसताक्षीकामा यस अघिका १४ जनामा संक्रमित मध्ये १२ जनाले कोरोना जितेर घर फर्की सकेका छन् भने एक जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ, उनी पनि डिस्चार्जको क्रममा रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । हाल एक जना उपचारत छन् । उनको स्वास्थ अवस्था सामान्य रहेको संयोजक अधिकारीले जानकारी दिए । शिवसताक्षीमा संक्रमितको कुल संख्या १५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *