Sajhamanch Archive

कमलमा संक्रमण दर उच्च, आज थपिए १२ कोरोना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्वास्थ्य by .

कमल । झापाको कमल गाउँपालिकाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा  कमल गाउँपालिका ३ का ५६, ५५, ५४, ५३, ३०, २३ वर्षका ६ जना पुरुष र ७४, ५१, ३९, ३८,२०, १२ वर्षका ६ जना महिला गरी जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिकाका अधिकृत इन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

गएको भाद्र १५ गते ६६ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । जसमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको अधिकृत अर्यालले जानकारी दिए ।

यो सँगै कमलमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । आज संक्रमण देखिएका सबै कमल न.पा. ३ केर्खाका हुन् । कमल गाउँपालिकामा पछिल्लो समय समुदायमा कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिन थालेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *