Sajhamanch Archive

पीसीआर रिपोर्ट नभएका एक यात्रु आएपछि २१३ जना नै क्‍वारेन्टिनमा

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत जापानको नारिताबाट काठमाडौं आएका एक यात्रुसँग पीसीआर रिपोर्ट नभएपछि सबै यात्रुलाई होटेलको क्‍वारेन्टिनमा राखिएको छ ।

सरकारले लकडाउनपछि खुला गरेपछिको निगमको यो पहिलो उडान थियो । नारिताबाट २१३ जना नेपाली काठमाडौं आएका थिए । काठमाडौं आइसकेपछि पीसीआर गरेको रिर्पाट एक यात्रुसँग नभएपछि सबैलाई होटेल क्‍वारेन्टिनमा राखिएको निगम स्रोतले जानकारी दियो । “एक जनासँग आरडीटी नेगेटिभ रिपोर्ट मात्रै रहेछ । पीसीआर गरेको रिपोर्ट नभएपछि सबै यात्रुलाई होटेल क्‍वारेन्टिनमा राखिएको छ,” निगम स्रोतले भन्यो, “पीसीआर नभएको यात्रुको पीसीआर परीक्षण गर्न लगाएका छौं, बेलुकासम्म रिपोर्ट आउँछ होला ।”

अन्य २१२ यात्रुसँग पीसीआर गरेको र नेगेटिभ रहेको रिपोर्ट भए पनि एक यात्रुसँग आरडीटी गरेको मात्रै रिपोर्ट भएकाले सबैलाई क्‍वारेन्टिनमा राखिएको हो । सरकारले अन्तर्राष्ट्रियतर्फ नियमित उडान गर्न दिएको मुलुकबाट आउँदा अनिवार्य पीसीआर गरेको रिपोर्ट हुनुपर्छ ।

सरकारले कुनै पनि एयरलाइन्सले पीसीआर गरेको र नगरेको यात्रुलाई सँगै ल्याए सबै यात्रुलाई होटेल क्‍वारेन्टिनमा एयरलाइन्सकै खर्चमा राख्नुपर्ने निर्णय गरेको छ । सोहीअनुसार निगमले सबै यात्रुलाई होटेल क्‍वारेन्टिनमा राखेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *