Sajhamanch Archive

बागलुङको पहिरोस्थल नपुगी फर्कियो गृहमन्त्री सवार हेलिकप्टर

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बाढीपहिरोको अवलोकन र पीडितलाई राहत वितरण गर्न बिहान ११ बजे काठमाडौंबाट बाग्लुङ उडेको गृहमन्त्री रामबहादुर सवार हेलिकप्टर घटनास्थल नपुगी फर्किएको छ।

बाग्लुङमा वर्षासँगै बाक्लो कुहिरो देखिएपछि स्याङ्जासम्म पुगेको हेलिकोप्टर पोखरामा अवतरण गराइएको थियो। गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बागलुङमा मौसम सामान्य नभएका कारण हेलिकोप्टर पोखरा अवतरण गराइएको जानकारी दिए।

उनका अनुसार गृहमन्त्री थापासहित विपत व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल र सांसद देवेन्द्र पौडेल लगायतको टोली पोखरामा करिब एक घण्टा बिताएर काठमाडौ फर्किएको हो। भट्टराईले राहत सामग्रीसहित अवलोकनका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाग्लुङ जान लागेको भए पनि वर्षा र कुहिरोका कारण घटनास्थल पुग्न नसकेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *