Sajhamanch Archive

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको सचिवालय बैठकमा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिकहाँ सिफारिस गरिने जानकारी गराएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको पक्षमा प्रधानमन्त्री उभिए पनि गौतमले अडान कायमै राखेपछि गौतमलाई नै सिफारिस गरिने जानकारी गराएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *