Sajhamanch Archive

३४ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । कोरोना महामारीका कारण देशभरका ३४ जिल्लामा पूर्ण र ९ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा जारी गरेका हुन् ।

गृह मन्त्रालयका अनुसार पूर्ण निषेधाज्ञा गरिएका जिल्लाहरुमा सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, चितवन, दोलखा, सिन्धुपाल्चोक, सिरहा, मोरङ, रुपन्देही, आर्धाखाँची, स्याङजा, पाल्पा, रामेछाप, कैलाली, प्युठान, दैलेख, कञ्चनपुर, तेह्थुम, संखुवासभा, बैतडी, कपिलवस्तु, बर्दीया, डोटी, दाङ, बझाङ र बागलुङ छन् ।

पछिल्लो २४ घण्टामा डोल्पाको निषेधाज्ञा हटेको छ । यस्तै आंशिक निषेधाज्ञा गरिएका जिल्लाहरुमा नुवाकोट, जुम्ला, झापा, मकवानपुर, धादिङ, तनहुँ, रुकुम पश्चिम, लमजुङ र दैलेख रहेको गृह मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *