Sajhamanch Archive

आमा बनेपछि पनि बलिउडमा सफल रह्यो यी अभिनेत्रीको करियर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

बलिउडका अभिनेत्रीहरुको करियर कुन मोडमा आएर परिवर्तन हुन्छ भन्ने कुराको कुनै निश्चित हुँदैन । अभिनेत्रीहरुको अफेयर, इन्गेजमेन्ट, विवाह र सम्बन्धविच्छेददेखि आमा बन्नेसम्मको कुराले बलिउडमा निकै चर्चा हुने गर्छ ।

जसले हरेक अभिनेत्रीको जीवनमा कुनै न कुनै असर पारिरहेको हुन्छ । अभिनेत्रीहरुका लागि विवाह गर्नु भने करियरलाई दाउमा राख्नु जस्तै हो त्यसमाथि पनि आमा बन्नु भनेको त अभिनय क्षेत्रबाट हात झिक्नु जस्तै हो ।

यस्ता थुप्रै अभिनेत्रीहरु छन् जसले आमा बनेपछि करियरलाई बाई बाई नै गरे तर अझै पनि केही अभिनेत्री यस्ता छन् जसले आमा बनेपछि पनि फिल्ममा उत्तिकै क्रेज बनाए र उत्तिकै चर्चा कमाए भने सफल पनि भए ।

करीना कपूर खान

सन् २०१६ मा करीना कपूर खानले छोरा तैमूरलाई जन्म दिइन् । छोरा जन्माउनको लागि उनले केही समय फिल्मबाट ब्रेक पनि लिइन् । त्यसपछि उनले सन् २०१८ मा फिल्म ‘वीरे दी वेडिंग’ बाट दमाकेदार प्रस्तुतीसहित फिल्ममा फर्किइन् । त्यति मात्र होइन उनले रेडियो शोको सिजन पनि चलाइन् । हाल उनी आमिर खानसँग फिल्म ‘लाल सिंह चढ्डा’ मा पनि काम गरिरहेकी छन् । उनी पुनः दोस्रो सन्तानको आमा बन्ने खबर बाहिरिएको छ ।

काजोल

सन् १९९९ मा अभिनेता अजय देवगनसँग विवाह गरेकी काजोलको अभिनयको जादु अझैसम्म चलिरहेको छ । उनले सन् २००३ मा छोरी न्यासालाई जन्माएपछि सन् २००६ मा फेरि फिल्ममा आइन् भने दोस्रो सन्तान युगलाई सन् २०१० मा जन्म दिएपछि पुन उनले ५ वर्षपछि ‘दिलवाले’ मा काम गरिन् । उनको करियर अझै पनि निकै राम्रो चलिरहेको छ ।

हेमा मालिनी

सन् १९८० मा धर्मेन्द्रसँग विवाह गरिन् । उनले सन् १९८१ मा छोरी ईशा र सन् १९८५ मा छोरा अहाना देओललाई जन्म दिइन् । उनी दुवै सन्तानलाई जन्म दिएको समयमा पनि फिल्ममा काम गरिरहेकी थिइन् भने उनी फिल्ममा छाइरहेकी थिइन् ।

श्रीदेवी

भारतीय सिनेमाकी पहिलो सुपरस्टर श्रीदेवीको करियर सधैँ उचाईमा रह्यो । उनले फिल्ममा करियर उचाईमा हुँदाहुँदै बोनी कपूरसँग विवाह गरिन् । उनले सन् १९९७ मा जान्हवी र २००० मा खुशीलाई जन्म दिइन् । उनले परिवारसँग समय बिताउनका लागि १५ वर्षसम्म फिल्मबाट टाढा रहेकी श्रीदेवीले पुनः ‘इंग्लिश विंग्लिश’ फिल्ममार्फत पुन धमाल मचाइन् ।

रानी मुखर्जी

सन् २०१४ मा निर्देशक आदित्य चोपडासँग विवाह गरेकी रानीले सन् २०१५ मा छोरी अदिरालाई जन्म दिइन् । त्यसपछि उनी सन् २०१८ देखि पुन फिल्ममा देखिन थालिन् । उनले ‘हिचकी’ सँगसँगै ‘मर्दानी २’ जस्ता चर्चित फिल्ममा काम गरिसकेकी छिन् ।

स्वेता तिवारी

तिवारीले सन् १९९९ मा करियर सुरु गरेकी थिइन् । उनले सन् २००० मा छोरी पलकलाई जन्म दिइन् । उनले सन्तानलाई जन्म दिएको समयमा पनि कामबाट ब्रेक लिएकी थिइनन् । उनले अर्को सन्तान २०१६ मा जन्माइन् । उनी सन्तानलाई जन्म दिएर पनि निरन्तर टेलिसिरियलमा काम गरिरहिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *