Sajhamanch Archive

ललितपुरमा ४ बजेदेखि कर्फ्यू, उल्लंघन भए गोली हान्ने आदेश

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ ।

ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो ।

ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेतले शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए ।

उनका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *