Sajhamanch Archive

विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ सरकारले मोरङको विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने निर्णय गरेको छ ।

प्रदेश स्तरीय सिसिएमसीको भर्चुअल बैठकले बिराटनगरका कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।

विहीबार बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र तत्काल निर्माण गरिने बताए । आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन गरिनेछ ।

बैठकले प्रदेश १ भित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यू आदिलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएका स्थानमा मात्र सिल गर्ने निर्णय पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *