Sajhamanch Archive

इन्ज्युरी समयको गोलसँगै जर्मनी र स्पेनको बराबरी

Published: in खेलकुद by .

एजेन्सी । खेलको अन्तिम समयमा गोल गर्दै स्पेनले नेसन्स लिगमा जर्मनीलाई बराबरीमा रोक्न सफल भएको छ । सम्भवतः खेलको अन्तिम प्रहारमा भ्यालेनिसयाका डिफेन्डर होजे गायाले गोल गर्दै खेल १–१ को बराबरीमा अन्त्य गर्न सफल भएका हुन् ।

चेल्सीका नयाँ अनुबन्ध टिमो वेर्नरको गोलको मद्दतले जर्मनीले खेलको ५१ औँ मिनेटमा अग्रता लिएको थियो । उता, स्पेनका लागि भने रोड्रिगोले गोलका दुई वटा सुन्दर अवसर गुमाएका थिए ।

स्पेनका गोलकिपर डेभिड डि गेयाले खेलमा थुप्रै सुन्दर बचाऊ गरे । यो खेलमा बार्सिलोनाका अन्सु फातीले सिनियर टोलीका लागि डेब्यु गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *