Sajhamanch Archive

एक सुरक्षाकर्मीसहित मेचीनगरमा थप चारजनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

मेचीनगर । मेचीनगर नगरपालिकामा आज एक सुरक्षाकर्मी सहित थप चारजनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

काकरभिट्टास्थीत पुर्वी सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीका एकजना, धुलाबारीस्थित अतिथि सदन क्वारेन्टाईनका दुईजना र धुलाबारीकै पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठान टाउन हल क्वारेन्टाईनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टी भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नविन बरालले बताए ।

भदौ १६ गते स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि धरानस्थीत बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएकोमा आज प्रतिष्ठानले जारी गरेको पिसिआर रिपोटमा चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको बरालले बताए । आज संक्रमित भएकाहरुलाई मेचीनगर ११ स्थीत धाइजन स्वास्थ्य चौकीको आइशोलेशन सेन्टरमा राखिने बरालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *