Sajhamanch Archive

सत्यलक्ष्मीले १० प्रजातिका सय पोका बिउ बिजन बाँढ्यो

Published: in विविधा, समाज by .

भद्रपुर  । भद्रपुर १० स्थित सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडले तरकारीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन बिउ बिजन बितरण गरेको छ ।

संस्थाले पहिलो चरणमा हिउँदे तरकारीका १० प्रजाति छनौट गरी शेयर धनीहरूलाई बिउ बिजन बितरण गरेको हो ।

संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एक सय जना व्यक्तिलाई घर घरमै पुग्ने गरी बिउ बिजनको पोका वितरण गरिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *