शिवसताक्षीमा अपराधिक गतिविधी बढ्न थालेपछि सांसद दर्लामीद्वारा चिन्ता व्यक्त
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा अपराधिक गतिविधी बढ्न थालेपछि प्रदेश सांसद झलकसिंह दर्लामीले चिन्ता व्यक्त गरेका छन् ।
शिवसताक्षी ११ निवासी गोमसिंह हत्या काण्डले पनि यस क्षेत्रमा अपराधिक गतिविधी मौलाउँदै गएको होकी भन्ने आंशका बढ्न थालेको छ ।
सांसद दर्लामीले गोमनसिंह हत्याका विषयमा अभियुक्त कसैको दवाब नउम्कियोस भनेर बारम्बार प्रशासनलाई सुझाब दिएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले आज हत्यारा औपचारिक रुपमा सार्वजनिक गरेको छ । गोमसिंहको आफ्नै साथी मनकुमार लिम्बुले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।
सांसद दलार्मीले प्रहरीले छोटो समयमै हत्यारा पत्ता लगाई सार्वजनिक गरिएको भन्दै प्रशासनलाई धन्यवाद दिएका छन् ।
उनले गोमासिंहको परिवारलाई समेवदना व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली समेत दिएका छन् ।
गोमनसिंहको हत्या आफ्नै साथीबाट पैसाको लेनदेन कारण भएको प्रशासनले खुलाएको छ । तर के कति रकम थियो भन्ने कुरा बाहिर आएको छैन । सांसद दर्लामले हत्यामा एक जनामा मात्र संम्लग्न नभई अन्यको पनि हात हुन सक्ने भएकाले हत्याको विषयमा अझ सुक्ष्म अध्ययन गर्न प्रशासनलाई सुझाब दिएका छन् ।
उनले शिवसताक्षी क्षेत्रका हरेक अपराधिक गविविधीका लागि प्रशासन चनाखो हुनु पर्ने बताए । यो घटना इलाका प्रहरी कार्यालयको नजिकको दुरीमा भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेलाई सांसद दर्लामीले हरेक राती १२ बजेसम्म सम्भावित अपराधिक गतिविधी हुने क्षेत्रहरुमा गस्ती गर्न समेत सुझाएका छन् ।
मगर परिवार हाल शोकमा रहेको छ । मगर परिवारका तीन भाई मध्ये गोमनसिंह कान्छो भाई हुन् । उनी केही वर्ष अघिदेखि बराइन फौजमा कार्यरत थिए । घरको सम्पूर्ण खर्च उनलै गर्दै आएको परिवारले बताएको छ । उनी ३ महिना अघि बराइनबाट छुट्टीमा नेपाल आएका हुन् । लकडाउनका कारण काममा बराइन फर्कन सकेका थिएनन् ।
Comments