एक हजार ४१ जना कोरोना संक्रमित थपिए
Published:
by .झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको परीक्षणमा एक हजार ४१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ४५ हजार २७७ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५६६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।
Comments