Sajhamanch Archive

विर्तामोड ५ ले गर्यो अवकाश प्राप्त खतिवडाको विदाई

Published: (Updated: ) in विविधा, स्थानीय तह by .

विर्तामोड । विर्तामोड नगरपालिकामा कार्यरत प्रमुख प्रसाशकिय अधिकृत पशुपती खतिवडा उमेर हदका कारण अनिवार्य अवकास लिए सँगै विभिन्न संघसंघा तथा वडा कार्यालयहरुले विदाई गरेका छन् ।

विर्तामोड नगरपालिका वडा नं. ५ ले भाद्र २० गते आयोजना गरेको विदाई तथा सम्मान कार्यक्रममा वडाका वडा सदस्यहरु, समाज सेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको खतिवडाको विदाई गरेका थिए ।

कार्यक्रममा वोल्दै अनेम संघ केन्द्रिय सदस्य टिका वस्नेत (घिमिरे) ले पशुपती खतिवडाले विर्तामोड नगरपालिकाको उन्नतीका लागि खेलेको भुमिकाको वारेमा खुलेर प्रसंसा गरिन् । अनारमनी प्रहरी चौकी विर्तामोडका डिएस्पी मुकुन्द रिजालले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपती खतिवडावाट धेरै कुरा सिकेको वताउँदै आगामी दिनमा पनि सल्लाह सुझावहरु पाउने आशा ब्यक्त गरे ।

सोही अवसरमा वोल्दै भर्खरै अवकास प्राप्त खतिवडाले आफुले आगामी दिनमा समाज रुपान्तरणका लागि विना स्वार्थ नागरिकको भुमिकामा रहेर सामाजिक काममा आफु अगाडि वढ्ने वताए । कार्यक्रमको समापन गर्ने क्रममा वडा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो कार्यकालमा खतिवडाको सकारात्मक साथ र सहयोगको प्रसंसा गर्दै आगामी दिनमा पनि सल्लाह सुझावको अपेक्षा गरे ।

विर्तामोड नगरपालिकाका अवकास प्राप्त प्रमुख प्रसासकीय अधिकृत पशुपती खतिवडा चाप्लसी मन नपराउने, हक्की तथा निडर अधिकृतका रुपमा परिचित छन । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुहार परिवर्तनदेखि झापाको दमक नगरपालिकाको विकासको रोड म्याप तयार पार्न महत्वपूर्र्ण भुमिका निर्वाह गरेका खतिवडाले झापाकै मेचीनगर नगरपालिकाको संमृद्धिको आधार स्तम्भ निर्माण गर्ने कुरामा समेत उनको भुमिका प्रशंसनीय रहेको थियो ।

को थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *