Sajhamanch Archive

मेचीनगरको सहरेडाँगीमा ६८ जनाले गरे रगत दान

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज by .

मेचीनगर । कोरोना भाइरस सङक्रमणका कारण झापामा रगतको अभाव देखिन थालेपछि मेचीनगरको सहरेडाँगीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विचार चौतारी युवा क्लब र मेचीनगर नगरपालिका वडा नं.१२ को संयुक्त आयोजना एवं डाइनामिक युथ क्लबको सह-आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीस्थित दुर्गा हनुमान मन्दिरको प्राङ्गणमा आयोजित रक्तदानमा ७ महिलासहित ६८ जनाले रगत दान गरेका छन् ।

विचार चौतारी युवा क्लबका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१२ का वडाध्यक्ष नरेन्द्र धिमाल रहेका थिए ।

श्री अन्तु हेल्थ केयर बिर्तामोडको विशेष सहयोगमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल,जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक नारायण आचार्य,लायन्स क्लब अफ धाइजन चारआलीका अध्यक्ष हरि घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष हरिकृष्ण भण्डारीले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए भने क्लबका उपाध्यक्ष शिक्षा घिमिरेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव उमेश खतिवडाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *