Sajhamanch Archive

‘जीरो’ फ्लप भएपछि साहरुखले पढे ५० फिल्मको स्क्रिप्ट

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by .

सन् २०१८ मा रिलिज भएको चलचित्र ‘जीरो’ असफल भएपछि नायक साहरुख खानले नयाँ चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छैन । हुनत, भारतीय मिडियामा साहरुखको नयाँ चलचित्रको बारेमा दैनिक बहस हुने गर्छ । तर, साहरुखले अहिलेसम्म नयाँ चलचित्रको बारेमा कुनै घोषणा गरेका छैनन् । तर, करिब २ बर्षमा नायक साहरुख खानको हातमा ५० वटा स्क्रिप्ट पुगेको भारतीय मिडियाले उल्लेख गरेका छन् । ५० भन्दा बढी स्क्रिप्ट पुगेतापनि साहरुखले धेरैमा मन बनाएनन् ।

यसमध्ये साहरुखलाई २० वटा चलचित्रको स्क्रिप्ट मन परेको थियो । जसमध्ये उनले ४ वटा स्क्रिप्टलाई भने फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ । साहरुखले सिद्धार्थ आनन्दको ‘पठान’, राजकुमार हिरानीको कमेडी चलचित्र, एट्लीको एक्सन चलचित्र र राज एन्ड डीकेको एक्सन चलचित्रलाई फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ ।

तर, यी चार चलचित्रको बिषयमा पनि साहरुखले केही बताएका छैनन् । नायक खानले राकेश शर्माको बायोपिक चलचित्र ‘स्यालुट’मा काम गर्ने पक्का भएको थियो । तर, चलचित्र ‘जिरो’ असफल भएपछि उनले यो चलचित्र छाडेका थिए । यसपछि, निर्देशक संजयलिला भन्सालीले साहरुखलाई एक बायोपिकका लागि अफर गरेका थिए । तर, साहरुखले यो कथामा पनि जोखिम देखेर काम गरेनन् ।

यस्तै, अली अब्बास जफरले साहरुखलाई ‘मिस्टर इन्डिया’का लागि अफर गरेका थिए । साहरुखले यो चलचित्रलाई पनि अस्विकार गरे । साहरुखसँग कविर खान, आदित्य चोपडा, करण जोहरले पनि कुरा गरेका थिए । तर, साहरुखले कुनै पनि चलचित्रमा मन बनाएनन् ।

उनै, कुनै पनि किसिमको जोखिम मोल्ने सोचमा छैनन् । भारतीय मिडियामा अनुसार,सेप्टेम्बर २७ मा यश चोपडाको जन्मदिन छ । यो दिन चलचित्र ‘पठान’को घोषणा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *