Sajhamanch Archive

चटयाङ लागेर एकजनाको मृत्यु

Published: in समाज by .

विराटनगर । सुनसरी देवानगन्‍जमा चटयाङ लागेर एकजनाको मृत्यु भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार देवानगन्ज गाउँपालिका वडा नं.२ का ३० वर्षीय सन्तकुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको हो ।

घरनजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई शनिबार अपराह्‍न ४ बजे चट्याङले लागेको थियो । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *