कनकाईमा कोरोना संक्रमित एक महिलाको मृत्यु
Published: (Updated: )
by .कनकाई । झापा कनकाई नगरपालिकाकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
कनकाई नगरपालिका वडा नं. ३ टप्पुमा निवासी ४५ वर्षीय महिलाको मृत्यु भएको हो । उपचारका क्रममा उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु कनकाई नगरपालिकाका कोरोना सूचना समिति सदस्य लक्ष्मी अधिकारीले बताए ।
उनी गत भदौ १५ गते पेट फुलेर उपचारका लागि अंञ्जली अस्पताल बिर्तामोड गएकी थिइन । त्यहाँ उपचार सम्भव नभएपछि मेची प्रादेशिक अस्पताल भद्रपुर हुँदै थप उपचारका लागि उनलाई धरान घोपा लगिएको थियो । उपचारका क्रममा उनलाई २ दिन पहिले कोरोना पुष्टि भएको कनकाई नगरपालिकाले जनाएको छ ।
Comments