Sajhamanch Archive

जन्मदिनकाे अवसरमा पर्यटनमन्त्री भट्टराईद्वारा एसिड पीडित खातुनलाई सहयोग

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् ।

मन्त्री भट्रराईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी रहेको छ ।

कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारी मन्त्री भट्टराईले नगद सहयोग गरेको सचिवालयले जनाएको छ ।

उनले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिए । आफुले दिएको रकम बैंकमा जम्मा गर्न र डाक्टर पढ्ने बेला खर्च गर्न आग्रह समेत उनले गरे । केही दिन अगाडि खातुनलाई प्रधानमन्त्रीले समेत वालुवाटार बोलाएर शिक्षाको प्रवन्ध गर्ने वचन दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *