वीरगन्जमा ५ सय १० जनाको परीक्षण गर्दा २६ मा कोरोना
Published:
by .काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा ५ सय १० जनाको परीक्षण गरिएकोमा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार राति गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।
संक्रमितहरूमध्ये पर्साका २४ र बाराका एक जना छन्। जसमा पुरुष २१ र महिला ५ जना छन्। उनीहरू १६ देखि ६४ वर्ष उमेर समूहका छन्। पछिल्लो समय वीरगन्जमा संक्रमण दर ओह्रालो लाग्दै गएको छ। शुक्रबार राति पनि ५ सय ८० जनाको परीक्षण गर्दा जम्मा १८ जनामा संक्रमण देखिएको थियो।
Comments