विर्तामोडमा ट्रेनिङ फर युथ आजबाट सुरु
Published: (Updated: )
by .विर्तामोड । झापाको बिर्तामोडमा ट्रेनिङ फर युथ आजबाट सुरु भएको छ । ड्म्सि वल्र्ड इन्टरटेण्टमेन्टको आयोजनामा ६ दिने तालिम शुरु भएको हो ।
कार्यक्रममा मुख्य प्रायोजकको रुपमा बिद्यार्थीहरुलाई अष्ट्ेलिया अध्ययनका लागि पठाउदै आएको ओली एण्ड असोसिएटले साथ दिएको छ। बिर्तामोडको आदर्श व्यांकवेटमा आगामी श्रावण ३१ गते बिहीबारसम्म चल्ने तालिममा युवाहरुलाई नेतृत्व, व्यक्तित्व बिकास, भाषण कला, ध्यान योग लगायतका बिषयमा कक्षा दिइने छ ।
तालिमको सहजिकरण सञ्चारकर्मी प्रणित पुडासैनी, राधाकृष्ण धिताल, तृष्णा रेग्मी, अधिवक्ता कोपिला बस्नेत, नेपाल जेसिजका पूर्व अध्यक्ष प्रकास अधिकारी, ध्यान गुरु स्वमी प्रेम बिकास लगायतले गरेका छन् । युवाहरुमा नेतृत्व तथा व्यक्तित्व बिकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको ड्म्सि वल्र्ड इन्टेरटेण्टमेन्टका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।
तालिममा झापा जिल्ला भरबाट १ सय २० जना बिद्यार्थीको सहभागिता रहेको छ। उद्घाटनका अवसरमा ओली एण्ड असोसिएटका सिइओ भवानी ओली लगायतले शुभकामना दिएका थिए ।
Comments