Sajhamanch Archive

सुदूरपश्चिममा पहिलो पटक प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

कैलाली । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको छ ।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकी एक महिलालाई प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको हो ।

कोरोनाबाट संक्रमणमुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको लागि प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए ।

कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलामा प्लाज्मा थेरापी गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *