Sajhamanch Archive

प्रदेश १ मा आइतबार १४३ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आइतबार १४३ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका एक- एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै,इटहरीमा ५ महिला र २ पुरुष, मोरङको विराटनगरमा ९ महिला र १६ पुरुष, सुनवर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला र २ पुरुष, कमल गाउँपालिकामा ३ महिला र ७ पुरुष, मेचीनगरमा २ महिला र ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता संखुवासभाको खाँदबारीमा ३, चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । झापाकी एक महिला र विराटनगरका एक पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रदेश १ मा आइतबार ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८४३ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *