Sajhamanch Archive

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा चेन्‍नई र मुम्बई भिड्ने

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १३ औं संस्करणको आईपीएलको खेल तालिक सार्वजनिक गरेको छ । कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि यूएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनस र चेन्‍नई सुपरकिङ्‌स भिड्ने भएका हुन् ।

आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म चल्ने छ । यस सिजनका आईपीएलका खेलहरु यूएईका तीन भेन्यु दुबई, शारजाह र आबुधावीमा कुल ४६ खेल खेलिने छन् ।

तर, बोर्डले प्ले–आफ खेलका लागि भेन्यूको निर्णय भने गरेको छैन । प्रतियोगिताको पहिलो खेल आबुधावीमा नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ । यस सिजनको आईपीएलमा अक्टोबर १६ सम्म एक-एक खेल हुनेछन् । १७ अक्टाबरबाट मात्र दुई खेल हुनेछन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *