Sajhamanch Archive

अर्थतन्त्रलाई चलायमान बनाउँदै कोभिड १९ नियन्त्रण गर्दै जान्छौं : प्रधानमन्त्री ओली

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई चलायमान बनाउँदै कोभिड १९ नियन्त्रण गर्दै जाने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अध्यक्ष एवं पदाधिकारीसँग छलफल गर्दै उनले अर्थतन्त्रलाई डुब्न नदिने बताए ।

“नीतिगत सुधार गर्नुपर्ने छ भने पनि हामी गर्छौं । अर्थतन्त्रलाई डुब्न दिदैनौँ, चलायमान बनाउछौँ,” उनको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक व्यवसायीले भने ।

कोभिडलाई कसरी न्यून गर्दै जाने र अर्थतन्त्रलाई पनि कसरी चलायनमा गर्ने भने विषयमा निजी क्षेत्रको सुझाव लिन बोलाएको भन्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई मनन् गर्ने बताएका थिए । “ प्रधामन्त्रीले धेरै बोल्नु भन्दा पनि धेरै कुरा हाम्रो सुन्नुभयो,” उनले भने । छलफलमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि थिए ।

पूर्वमन्त्री खतिवडाले निजी क्षेत्रको माग सरकारी निकायले सुनिदिनुपर्ने बताएका थिए । उनले उठेको भ्याट तिर्न उद्योगी व्यवसायीलाई भनेको एक व्यवसायीले बताए । तर, उद्योगी व्यवसायीले भने उधारो भ्याट कसरी तिर्ने भन्दै प्रश्न गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *