Sajhamanch Archive

लाइन जजलाई बलले हानेपछि जोकोभिच युएस ओपनबाट ‘डिस्क्वालिफाइड’

Published: in खेलकुद by .

एजेन्सी । उपाधिको मुख्य दाबेदारको रुपमा रहेका सर्वियन खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएका छन् ।

चौथो चरणको खेल अन्तर्गत स्पेनको कारेनो बुस्टाविरुद्धको खेलमा लाइन जजलाई बलले हानेपछि जोकोभिच च्याम्पियनसिपबाट ‘डिस्क्वालिफाइड’ भएका हुन् । प्रतियोगिताबाट बाहिरिएपछि जोकोभिचको उपाधि जित्ने सम्भावना सकिएको छ ।

बुस्टासँग अंक गुमाएपछि ३३ वर्षीय जोकोभिचले निराश हुँदै लाइन जज तर्फ बल हानेका थिए । उनले हानेको बलले लागेपछि लाइन जज ढलेका थिए । अफिसियलहरुबीच लामो छलफलपछि जोकोभिचलाई प्रतियोगिता खेल्न नदिने निर्णय भएको थियो ।

युनाइटेड स्टेट्स टेनिस एसोसिएसनले एक स्टेटमेन्ट जारी गर्दै जोकोभिचले लाइन जजलाई बल हानेकोले उनलाई प्रतियोगिताबाट डिस्क्वालिफाइट गरेको जनाएको छ । साथै उनले युएस ओपनको सबै र्‍याङ्किङ प्वाइन्ट र प्राइज मनी पनि गुमाउने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *