प्रमुख प्रशासकीय अधिकृत तीन दिनभित्र कार्यस्थल पुग्नुपर्ने, अटेरी गरे कारबाही
Published:
by .काठमाडौं । सरकारले पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई तीन दिनभित्र आफ्नो कार्यस्थलमा पुगिसक्न निर्देशन दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतहरु आफूखुसी बिदामा बसिरहेकाले दैनिक कामकाजको साथै कोरोना महामारी नियन्त्रण र रोकथाममा पनि असर पुगेकाले तीन दिनभित्र कार्यालयमा हाजिर हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो ।
निर्देशन अटेर गरेर तीन दिन भित्र पनि कार्यालयमा उपस्थित नभए विभागीय कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।
Comments