Sajhamanch Archive

झापामा सोमबार १५ जना कोरोना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापामा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिने संक्रमितमा १४ जना स्थानीय र १ जना भारतबाट आएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशी गाउँपालिका वडा नंं.५ का १ जना पुरुष, बिर्तामोड नगरपालिका वडा नंं.६ का १ जना पुरुष र कनकाई नगरपालिका वडा नंं.३ र ७ का ७ जना महिला र ६ जना पुरुष छन् ।

बाह्रदशीका ३० वर्षीय र बिर्तामोडका ३६ वर्षीय स्थानीय पुरुष हुन् । कनकाईका १७ वर्षकादेखि ८४ वर्षका १३ जनामध्ये १ जना भारतबाट आएका हुन् भने अन्य १२ जना स्थानीय रहेको चौलागाईले बताए । योसँगै झापामा संक्रमितको संख्या ६७९ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *