Sajhamanch Archive

बार्सिलोनासँग प्रशिक्षणमा फर्किए मेस्सी

Published: in खेलकुद by .

एजेन्सी । क्लब छाडेर जाने प्रयास असफल भएपछि बार्सिलोनाका स्टार लियोनेल मेस्सी प्रशिक्षणमा फकिएका छन् । ३३ वर्षीय मेस्सीले गत २५ अगस्तमा नेतृत्वलाई क्लब छाडेर जाने इच्छाबारे जानकारी गराएका थिए । तर, हाल उनको रिलिज क्लजमा रहेको ७० करोड युरो रकम कुनै पनि क्लबले तिर्न नसक्ने बताउँदै मेस्सीले यो सिजन क्लबमा नै रहने बताएका थिए ।

नयाँ म्यानेजर रोनाल्ड कोम्यानको आगमनपछि क्लबमा मेस्सीले पहिलो पटक प्रशिक्षण गरेका हुन् । मेस्सी र फिलिपे काउन्टिन्होले एक्ला एक्लै प्रशिक्षण गरे भने टोलीका अन्य सदस्यले सामुहिक प्रशिक्षण गरेका थिए । क्लबलाई ‘ट्रान्सफर रिक्वेस्ट’ बुझाए पछि गत अगस्त ३० मा क्लबमा गरिएको कोभिड–१९ को परीक्षणमा उनी अपलब्ध भएका थिएनन् ।

मेस्सीले आफ्नो करारमा रहेको ‘सिजनको अन्तयमा निःशुल्क क्लब छाडेर जान सक्ने’ प्रावधानमा टेकेर क्लब छाड्न चाहेका थिए । तर, ला लिगा र बार्सिलोनाले भने उक्त बुँदाको वैधता गत जुनमा नै सिद्धिएको र अब उनलाई अनुबन्ध गर्ने क्लबले रिलिज क्लजमा ७० करोड युरो तिर्नुपर्ने बताएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *