Sajhamanch Archive

दुई सहकर्मीलाई यौन शोषण गरेको आरोपमा अस्पतालका लेखाअधिकृत पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by .

पोखरा । अस्पतालका दुई महिला सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पोखराको हिमालय आँखा अस्पतालका लेखा अधिकृत वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकर्मीलाई धम्क्याएर बारम्बार यौन शोषण गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले बताए । अधिकृत सुवेदीलाई करणीसम्बन्धी कसुरमा मुद्दा परेपछि गिरफ्तार गरिएको प्रवक्ता हमालले बताए ।

लेखाअधिकृत सुवेदीले आफुलाई बारम्बार डर धम्की देखाई यौन शोषण गरेकाले कारबाही गरिपाउँ भनि अस्पतालकै एक महिला कर्मचारीले मजदूर युनियनमा निवेदन दिइएको बताइएको छ । ती पीडित कर्मचारीको उजुरी परेसँगै सुवेदीलाई अस्पताल प्रशासनले भादौ १ं९ गते निलम्बन गरेको थियो ।

अस्पतालमा उजुरी दिएकी महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालयमा पनि उजुरी दिएकी थिइन् । ती पीडितसँगै अन्य एक महिलाले पनि उनीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता हमालले बताए ।

स्रोत : रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *