विर्तामोडका दुई र मेचीनगरका एक जनामा कोरोना संक्रमण पुष्टि
Published:
by .मेचीनगर । बिर्तामोडमा नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विर्तामोड नगरपालिका वडा नं. ४ र ९ का एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनीहरु ५२ र ३० वर्ष उमेरका एक महिला र एक जना पुरुष हुन् ।
संक्रमित मध्ये एक जना भारत तथा अर्का एक जना स्थानीय रहेको चौलागाईले बताए ।
यसैगरी, विराटनगर स्थित नोवेल अस्पतालमा उपचार गराएका मेचीनगर–६ का एक जना ४८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ६९४ पुगेको छ भने निको भएर घर फर्किएका ५१३ जना छन् ।
हालसम्म २२ हजार २७६ जनाको पीसीआर गरिएको छ भने १७८ जना सकृय संक्रमित छन् ।
Comments