Sajhamanch Archive

प्रदेश १ मा थपिए ८० जना कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला, ८ पुरुष, दुहवीमा ४ महिला, ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला,१ पुरुष, गढी, रामधुनी, इनरुवा, धरानमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरका ११ महिला, ६ पुरुष, रतुवामाईका ३ र ग्रामथानका १ पुरुष, बुढीगंगाकी १ महिला, झापाको दमकमा २ महिला, ४ पुरुष, शिवसताक्षीमा २ महिला, १ पुरुष, गौरीगञ्जमा १ महिला, १ पुरुष, विर्तामोडमा १ महिला, १ पुरुष, बा¥हदशी, मेचीनगर र कनकाईमा १–१ पुरुष, ओखलढुङ्गाको मानेभन्ज्याङका २ पुरुष, इलामकी १ महिला, उदयपुरको चौदण्डीगढीकी १ महिला र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २ हजार ५७ पुगेको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय १२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *